Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

यस्तो छ ‘भष्मे डन’मा सौगात मल्लको ‘क्यारेक्टर लुक्स’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

काठमाडौं । फिल्म ‘भष्मे डन’ले अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक गरेको छ । पोस्टरमा उनी टाउकोमा फेटा बाँधेको र आक्रोशित मुडमा प्रस्तुत छन् ।

पशुपति क्षेत्रमा छायांकन हुने क्रममा निर्माताले सौगातको यो लुक्स यसअघि नै सार्वजनिक गरिसकेका थिए । दर्शकका लागि यो लुक्स नयाँ नभए पनि यसले फिल्मको प्रवर्द्धन अभियानमा माहोल सिर्जना गर्ने अपेक्षा छ ।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा सौगात खलनायक चरित्रमा देखिएको अनुमान गरिएको छ । तर निर्माताले यसबारे केही बताएका छैनन् । फिल्मको शीर्ष भूमिका भष्मे डनको चरित्रमा विपिन कार्कीले अभिनय गरेका छन् ।

केही अन्तर्राष्ट्रिय बजारमा फिल्मको एड्भान्स बुकिङ सुरु भइसकेको जनाइएको छ । ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखलाको रुपमा निर्माण भएको ‘भष्मे डन’को पटकथा लेखन तथा निर्माण खगेन्द्र लामिछानेले गरेका हुन् । लामिछानेले फिल्मको अघिल्लो भागमा पशुपति प्रसादको भूमिका निर्वाह गरेका थिए ।

फिल्ममा सौगात र विपिनका साथै स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । टुकी आर्ट्सको ब्यानरमा फिल्म निर्माण भएको हो । यो फिल्म दशैंको फूलपातीको दिन रिलिज हुँदैछ ।