नेकपा (एमाले) ले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी तीव्र पारेको छ।
असोज तेस्रो साता एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन हुँदैछ।
एमाले प्रदेश कमिटीले असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको छ।
सबै जिल्लामा प्रतिनिधि छनौटको तयारी भइरहेको छ। प्रदेशका सबै ८८ वटै स्थानीय तहबाट एक साथ प्रतिनिधि छनौट हुन लागेका छन्।
सुदूरपश्चिममा ५३ हजार बढी संगठित सदस्य रहेको एमाले सुदूरपश्चिम कमिटीले जनाएको छ।
![The web](https://www.setopati.com/uploads/bigyaapan/17613200.gif)
![The web](https://www.setopati.com/uploads/bigyaapan/17806100.gif)
ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने छन्। एमालेको सुदूरपश्चिम प्रदेश नेतृत्वका लागि कञ्चनपुरका बहादुर सिंहदेखि अछामका कृष्ण जैसी, बाजुराका लालबहादुर थापा, कैलालीका झपटबहादुर रावल आकांक्षी देखिएका छन्।