यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
![Khusi chhu](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/ok-khusi.png)
खुसी
![Dukhi chhu](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/ok-dukhi.png)
दुःखी
![Achammit chhu](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/ok-achammit.png)
अचम्मित
![Utsahit Chhu](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/ok-utsahit.png)
उत्साहित
![Akroshit Chhu](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/ok-akroshit.png)
आक्रोशित
१५ असोज, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भंगहा नगरपालिका-९ हरिनमरीकी २७ वर्षकी रीनाकुमारी देवी छन् । गोप्य सूचनाको आधारमा आइतबार बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सीतापुर प्रहरी चौकीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको श्रीमानको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।