Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न

धुलिखेल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ।

कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको हो।

कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कालगायत सम्पूर्ण कर्मचारीहरूको सहभागीता रहेको  थियो।

उक्त दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका  प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजनासम्बन्धी जानकारी गराउँदै यस वर्षको मुल रणनीति 'गुड टु ग्रेट' विषयवस्तुमा  प्रष्ट पार्दै सम्पूर्ण सहभागीहरूलाई विस्तृत रुपमा सबै कर्मचारीहरूले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तनसम्बन्धी मार्गनिर्देशन गरे।

कार्यक्रमको दोस्रो दिन मोटिभेसनल स्पिकर बि के रमण नेपालीले सम्पूर्ण सहभागीहरूलाई अन्तर्क्रियात्मक खेलमार्फत् व्यक्तित्व विकाससम्बन्धी तालिम दिए। 

The web

The web