Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

सर्वसाधारणले कहिले पाउलान् धरहरा चढ्न?(तस्बिरहरू)

तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको दुई वर्ष बितिसक्दा पनि सर्वसाधारणले धरहरा कहिले चढ्न पाउँछन् भन्ने कुरा अझै अनिश्चित बनेको छ।  

ओलीले २०७८ वैशाख ११ गते धरहरा प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गरी उद्घाटन गरेका थिए।

२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले धरहरा ढलेपछि पुनर्निर्माण गरिएको छ। यता सर्वसाधारण कहिले धरहरा चढ्न पाइएला भन्ने आशमा बितेको पनि ८ वर्ष बितिसकेको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७५ साल असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणको लागि ठेक्का लगाएको थियो। जिआइटीसी रमन जेभीले करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा ठेक्का २०७५ असोज १४ गते पाएको थियो। त्यसयता कम्पनीले पाँच पटक म्याद थप गरिसकेको छ। गत वर्ष थपिएको समय भने यही असोज मसान्तसम्म सकिँदै छ। निर्माण कम्पनीले ९० प्रतिशत काम सकिएको दाबी गरेको छ।

अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए। ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ। जमिनमुनि तीनवटा तला बनाइएको छ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा छ। ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने छ। परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना हुनेछ। तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। जहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ।

हेर्नुहोस् तस्बिरहरूः

dharahara--(11)-1695984961.jpg

The web
The web

dharahara--(7)-1695984960.jpg

dharahara--(8)-1695984960.jpg

dharahara--(9)-1695984960.jpg

dharahara--(10)-1695984960.jpg

dharahara--(5)-1695984959.jpg

dharahara--(6)-1695984959.jpg

dharahara--(3)-1695984958.jpg

dharahara--(4)-1695984958.jpg

dharahara--(1)-1695984957.jpg

dharahara--(2)-1695984957.jpg