Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

जडिबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ। 

शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता प्रेम खड्काले जानकारी दिए। 

'अहिले उक्त बसपार्क नभत्काउन आदेश दिइएको हो,' उनले भने।

यस्तै, आगामी पेशी २१ गतेलाई तोकिएको उनले बताए।

यो पनिः

The web

The web

जडिबुटीमा तयार हुन लाग्यो १० करोडको बसपार्क, छैन चलाउने अनुमति (तस्बिरहरू)