Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एसियाली खेलकुद : नेपालको लगातार हार

हाङझाउ एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन्।

एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन्।

स्न्याचमा टीकाले पहिलो र दोश्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन्। क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोश्रो लिफ्टमा ८६ केजी तौल उठाइन्। क्लिन एन्ड जर्कको आफ्नो तेश्रो लिफ्टमा टीकाले

९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन्। टीका ९० केजी तौल उठाउन असफल रहिन्।

भलिबल 

महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ। भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हरायो। समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ। एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो।

ट्रायथलन 

ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं भएकी छन्। २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएइ, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन्।

The web
The web

श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन्। ट्रायथलनमा नेपालबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी सहभागी छन्।

जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जिते।

ह्यान्डबल 

महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ। समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्‍यो।

नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे। समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१० तथा जापानसंग ६२–१० ले हारेको थियो।