Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

चिकित्सक कुटेको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

डाक्टरमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। 

मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताल लगायत काठमाडौं‌ उपत्यकाका डाक्टरहरू सहभागी छन्। सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए। त्‍यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए।

आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टरमाथि कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको छ।

यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए। सरकारसँग ६ बुँदे सम्झौता भएपछि चिकित्सकहरू काममा फर्किएका थिए। 

चिकित्सकहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयनको माग गरेका छन्।

यो पनि: लमजुङमा वडाध्यक्षले कुटे जिल्ला अस्पतालका डाक्टरलाई

पोखराको मणिपाल अस्पतालमा पनि डाक्टरमाथि हातपात 

के भएको हो पोखराको मणिपाल अस्पतालमा? 

तस्बिरहरू:

doctor-aandolann-(1)-1695710115.jpg

doctor-aandolann-(5)-1695710119.jpg

doctor-aandolann-(3)-1695710117.jpg

doctor-aandolann-(4)-1695710117.jpg

doctor-aandolann-(2)-1695710115.jpg

doctor-aandolann-(7)-1695710121.jpg

doctor-aandolann-(8)-1695710122.jpg

doctor-aandolann-(10)-1695710124.jpg

doctor-aandolann-(9)-1695710124.jpg

doctor-aandolann-(6)-1695710164.jpg

doctor-aandolann-(1)-1695710154.jpg

doctor-aandolann-(11)-1695710126.jpg

doctor-aandolann-(12)-1695710126.jpg

doctor-andolan-(7)-1695708632.jpg

doctor-andolan-(5)-1695708620.jpg

doctor-andolan-(11)-1695708587.jpg

doctor-andolan-(12)-1695708587.jpg

doctor-andolan-(4)-1695708578.jpg

doctor-andolan-(6)-1695708580.jpg

doctor-andolan-(9)-1695708585.jpg

doctor-andolan-(10)-1695708585.jpg

doctor-andolan-(3)-1695708577.jpg

doctor-andolan-(2)-1695708575.jpg

doctor-andolan-(1)-1695708575.jpg

doctor-andolan-(8)-1695708414.jpg