Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

कर्णाली प्रथम अधिवेशन: एमालेले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

आकांक्षीबीच सहमति जुट्न नसकेपछि एमाले कर्णाली प्रदेशको नेतृत्व निर्वाचनबाटै चयन हुने करिब निश्चित छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्वसम्मतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किएका थिए।

तर कर्णालीको नेतृत्व लिन आकांक्षीको लर्को लागेपछि निर्वाचनबाटै टुंगो लगाउनुपर्ने बाध्यतामा एमाले पुगेको हो।

चुनाव हुने भएपछि एमाले कर्णाली प्रदेश निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

जसअनुसार भोलि दिउँसो साढे १ बजे मतदान सुरू हुनेछ।

त्यसअघि आज साँझ साढे ५ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, राति सवा ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक  गर्ने, सवा ९ बजेसम्म दाबीविरोधको उजुरी दिने, उजुरीमाथि छानबिन गरी सवा ११ बजे उम्मेदवारको सूची पुनः सार्वजनिक गर्ने कार्यतालिका छ।

त्यस्तै उम्मेदवारलाई नाम फिर्ताका लागि राति साढे ११ बजेसम्मको समय निर्धारण गरिएको छ भने भोलि बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिने छ।

सुर्खेतस्थित प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयमा मतदानलगत्तै मतगणना सुरू हुने भनिएको छ। निर्वाचनको परिणाम भने आइतबार घोषणा गरिने तालिकामा उल्लेख छ।

The web
The web

प्रदेशको निर्वाचन कमिटीले निर्वाचनका लागि क्लस्टर छुट्याएको छ। प्रदेशको १३० सदस्यीय कमिटी चयन गर्न पाँच क्लस्टर छुट्याइएको छ।

पाँच जना पदाधिकारी, निर्वाचन क्षेत्रबाट चयन हुने ७२ सदस्यमा प्रत्येक निर्वाचन क्षेत्रबाट २ पुरूष र एक महिला हुनुपर्ने व्यवस्था छ। जसअनुसार ४८ पुरूष र २४ महिला सदस्य आउनेछन्।

प्रदेश कमिटीमा १६ सदस्य दलितका लागि छुट्याइएको छ। त्यसमा पनि ९ जना पुरूष ६ महिला निर्वाचित हुनेछन्। 

जनजातिबाट ५ पुरूष र ३ महिला गरी ८ जना निर्वाचित हुने व्यवस्था गरिएको छ। खुलातर्फ २९ सदस्यका लागि १९ पुरूष र १० महिलाको क्लस्टर छुट्याइएको छ भने अल्पसंख्यक समूहबाट एक जना निर्वाचित हुने व्यवस्था गरिएको छ। 

एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा कालीकोटका मिनबहादुर शाहीलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ। उनले शाहीको नाम सर्वसम्मतिले टुंग्याउन निर्देशन दिएका थिए। 

शाही प्रदेशबाट स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका नेता हुन्। प्रदेशबाटै अर्का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सल्यानका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजेका छन्।

यसअघि प्रदेश सभा सदस्य रहेका शाह पार्टीको केन्द्रीय सदस्य हुन्। कर्णाली प्रदेश कमिटीका लागि निर्वाचन भएमा अध्यक्षका लागि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ।

No description available.

No description available.