Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

दुई विषयमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दल बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ।

बुधबार अपराह्न ४ बजे पार्टी कार्यालयमा बैठक बस्ने महामन्त्री डा. मुकुल ढकालले बताए।

‘भोलि दुई विषयमा छलफल गर्न संयुक्त बैठक बोलाइएको छ। राष्ट्रपतिले गम्भीर प्रकृतिको फौजदारी अपराधमा सजाय काटिरहेका व्यक्तिलाई दिएको माफी र जनआवाज सुन्ने कार्यक्रमको समीक्षाका लागि बैठक बोलाइएको हो,’ उनले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका 'रिगल' भनिने योगराज ढकाललाई माफी दिएका थिए।

त्यसबारे छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए। रास्वपाले असोज ३ गतेदेखि जनआजाव सुन्न र दस्तावेजमा समेट्न केन्द्रीय सदस्य र सांसदलाई १९ जिल्ला खटाएको थियो। बुधबार त्यसको समीक्षा गरिने उनले बताए।